गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना
काठमाडौँ, १९ चैतः गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो । उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उहाँ पशुपतिनाथ मन्दिर पुग्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको थियो । उहाँले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिनुभएको छ । यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए । गृहमन्त्री गुरुङले धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया