डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालन
अमरगढी (डडेल्धुरा), २१ चैतः जिल्ला सदरमुकाम डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालनमा आएको छ । अमरगढी नगरपालिका–५ स्थित उद्योग वाणिज्य सङ्घको कार्यालय परिसरमा २०७० सालमा पहिलो पटक हाटबजार सञ्चालन गरिएको थियो । करिब दुई वर्षसम्म हाटबजार सञ्चालन गरिए पनि पछि बन्द भएको थियो ।
हाल बसर्पाक पछाडिको खुल्ला स्थानमा पुनः कृषि ज्ञान केन्द्र, अमरगढी नगरपालिका र डडेल्धुरा उद्योग वाणिज्य सङ्घको समन्वयमा हाटबजार सञ्चालनमा आएको हो । सङ्घका अध्यक्ष दिपक महताका अनुसार १२ वर्षअघि दुई वर्षसम्म सञ्चालनमा आएको हाटबजार व्यवस्थित गर्न नसक्दा बन्द भएको थियो ।
वर्षा हुँदा उक्त क्षेत्र हिलाम्य हुने गरेकै कारण हाटबजार बन्द हुन पुगेको हो । बजार नजिकै भए पनि करिब १०० मिटर सडक र हाटबजार स्थल पक्की बन्न नसक्दा हिलाम्मे हुने भएकै कारण बजार बन्द हुन पुगेको थियो । हाल भने पक्की सडक बाटो निर्माण भइरहेको छ र बजार व्यवस्थित पनि भइरहेको छ ।
कृषि उपजको सहज बिक्री–वितरण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि थोक तथा हाटबजार सञ्चालक समितिको आयोजनामा र कृषि क्षेत्रमा सरोकार राख्ने विभिन्न निकाय तथा उद्योग वाणिज्य सङ्घको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो ।
कार्यालय प्रमुख पनेरुका अनुसार हाटबजारमा जिल्लाका कृषक तथा व्यापारीहरूले कृषि उपज, वनपैदावार, पशुजन्य वस्तु, घरेलु उत्पादन तथा हस्तकलाका सामग्रीहरू किनबेच गर्न सक्नेछन् । यसले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउनाका साथै उपभोक्तालाई ताजा तथा स्थानीय सामग्री सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया