Techie IT
  • बिहीबार, वैशाख ३, २०८३ / Thursday, April 16, 2026
गृहपृष्ठमुख्य समाचारबैतडीमा क्रिकेट क्लोज क्याम्प सञ्चालन

बैतडीमा क्रिकेट क्लोज क्याम्प सञ्चालन


बैतडी ।

जिल्लामा १६ वर्षमुनिका खेलाडी लक्षित क्रिकेट क्लोज क्याम्प सञ्चालन भइरहेको छ ।

राष्ट्रिय क्रिकेट खेलाडी रविन्द्र चन्द र राष्ट्रिय टोलीका प्रशिक्षक दीपेन्द्र चन्दको नेतृत्वमा सञ्चालन गरिएको उक्त क्याम्पमा जिल्लाभरका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ।

क्याम्पमार्फत खेलाडीहरूलाई आधारभूत सीप, खेल कौशल र अनुशासनसम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको आयोजकले जनाएको छ। यसले स्थानीय स्तरमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

क्षेत्र नम्बर ६ बैतडीका पूर्व टिम कप्तानसमेत रहेका रविन्द्रले क्याम्प उत्साहपुर्वक भैरहेको जानकारी दिँदै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई अवसर प्रदान गर्ने बताए ।

उनका अनुसार, भविष्यमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले बैतडीमा क्रिकेटको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया