छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु
काठमाडौं, १६ वैशाखः विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् ।
यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । प्राधिकरणकाबाट प्राप्त तथ्याङ्कअनुसार उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन् । विपद्का कारण २५० घरमा आंशिक र ६५ घरमा पूर्ण क्षति पुगेको छ । साथै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन् ।
यी घटनाबाट करिब रु १० करोड ९२ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ । आगलागीका मात्रै २६७ घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ ।
आगलागीबाट मात्रै झण्डै रु नौ करोड ७५ लाख बराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन् । जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो समय सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जङ्गल डढेलोका घटना बढिरहेका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ ।
ताजा अपडेट
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया