मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
पर्वत, ३ जेठः सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्तु तथा कृषि तथा भेटेरिनरीका बीउबिजन, विषादी र वस्तुभाउका औषधिको अवस्था, मूल्यसुची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।
यहाँ जलजला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा अनुगमान गरिएको हो । तीनवटै पालिकामा गरी मासु पसल नौवटा, माछा पसल एक, भेटेरिनरी सेन्टर पाँच, डेरी उद्योग तीन र कृषि बीउ केन्द्र÷बीउ भण्डार तथा एग्रो सेन्टर तीन गरी जम्मा २० वटामा अनुगमन गरिएकोे भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, पसल नवीकरण नगरिएको, विषादी र अन्य सामान एकै ठाउँमा राखेर बिक्री वितरण गरिएको, विषादी विक्रेताले खतराको चिह्न नराखेको, सबै प्रकारको मासु एउटै फ्रिजमा राखिएकोजस्ता समस्या देखिएका छन् ।
यसैगरी सेतो टायल लगाउन, दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनका लागि बेसिनसहितको धारा राख्नुलगायत सुझाव दिइएको छ । सप्ताहका अवसरमा पहिलोपटक गरिएको बजार अनुगमनमा समस्या देखिएका पसलमा सुधार गर्न एक साताको समयावधि दिइएको छ । तत्काल मूल्यसूची राख्न, मासु पसलमा आवश्यक पूर्वाधार निर्माण गर्न, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, विषादी वितरणमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुधार नभएमा अर्को पटकको अनुगमनमा कारबाही गर्ने चेतावनी दिइएको छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल पर्ने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्चका अध्यक्ष सरिता भण्डारी, पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्गप्रसाद खनाललगायत विभिन्न पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरूको सहभागिता थियो ।
जिल्लाका अन्य पालिकामा रहेका बजार तथा पसलमा पनि अनुगमन गरिने कार्यालयले जनाएको छ । यसबाहेक जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय र सम्बन्धित पालिकाले समेत मातहतका पसलहरू अनुगमनको तयारी गरेका छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया