यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त
संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई “उक्साहटरहित आतङ्कवादी हमला” भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो ।
यद्यपि, कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् । यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो । पछिल्ला हप्ताहरूमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत “इरानका लागि समय सकिँदै गएको” बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिनुभयो । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भने “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा रहेको, तर कूटनीतिक प्रयास पनि जारी रहेको” बताएका छन्।
यूएई रक्षा मन्त्रालयका अनुसार, तीनवटा ड्रोन साउदी अरेबियाको सीमातर्फबाट यूएई प्रवेश गरेका थिए । तीमध्ये दुईवटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै खसालेको थियो भने एउटा ड्रोनले यूएईको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आगलागी गराएको बताइएको छ ।
बाराकाह आणविक ऊर्जा केन्द्रले यूएईको कुल विद्युत आवश्यकताको करिब एक चौथाइ ऊर्जा उत्पादन गर्ने गर्दछ । त्यसैले यस केन्द्रमाथिको हमला अत्यन्त संवेदनशील मानिएको छ । यूएईका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले सामाजिक सञ्जालमा लेख्दै “यो हमला प्रत्यक्ष रूपमा वा कुनै प्रतिनिधि समूहमार्फत गरिएको भए पनि अत्यन्त खतरनाक उक्साहट” भएको बताउनुभयो ।
साउदी अरेबियाले पनि उक्त आक्रमणको निन्दा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका थप तीन ड्रोन खसालिएको जनाएको छ । हालै इरान समर्थित सशस्त्र समूहहरू तथा इराकस्थित शिया लडाकु समूहहरूले खाडी क्षेत्रका विभिन्न देशमाथि ड्रोन आक्रमण गर्दै आएका छन् । यसैबीच, होर्मुज जलडमरूमध्यमा अमेरिकी नौसैनिक नाकाबन्दीका कारण क्षेत्रीय तनाव झन् बढेको छ ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया