भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्व शक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित भ्रष्टाचार अनुसन्धानमा तोकिएको करिब ३२ लाख अमेरिकी डलर बराबरको जमानत रकम बुझाएपछि रिहा हुनुहुने भएको छ । युद्धकालीन युक्रेनमा उच्च तहसम्म पुगेको भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको यो मुद्दाले देशको राजनीतिक वृत्तमा व्यापक तरङ्ग उत्पन्न गरेको छ ।
किएभस्थित भ्रष्टाचारविरोधी अदालतले गत साता यर्माकलाई प्रारम्भिक अनुसन्धान अवधिका लागि ६० दिन हिरासतमा राख्ने आदेश दिएको थियो । अदालतले उहाँको जमानत रकम १४ करोड रिभ्निया निर्धारण गरेको थियो । यो करिब ३२ लाख अमेरिकी डलर बराबर हुन्छ ।
अदालतको प्रेस सेवाले सोमबार एएफपीसँग कुरा गर्दै यर्माकको जमानत रकम पूर्ण रूपमा बुझाइसकिएको पुष्टि गरेको छ । अदालतका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उहाँ दिनको अन्त्यसम्ममा रिहा हुनुहुनेछ । यर्माकले गत साता आफूले व्यक्तिगत रूपमा यति ठूलो रकम जुटाउन नसक्ने बताउनुभएको थियो । उहाँले ‘मसँग त्यति धेरै पैसा छैन’ भन्दै आफ्ना साथीभाइ र चिनेजानेका व्यक्तिहरूले सहयोग गर्ने आशा व्यक्त गर्नुभएको थियो ।
अभियोजनकर्ताहरूले यर्माकमाथि किएभ बाहिर निर्माण गरिएको एक उच्चस्तरीय आवासीय परियोजनामार्फत ठूलो परिमाणमा अवैध मनी लन्ड्रिङ गरेको आरोप लगाएका छन् । अनुसन्धान अधिकारीहरूका अनुसार उक्त परियोजनासँग करोडौँ डलर बराबरको आर्थिक अनियमितता जोडिएको छ ।
एन्ड्री यर्माकले नोभेम्बरसम्म राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगीका रूपमा काम गर्नुभएको थियो । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि उहाँलाई राष्ट्रपति कार्यालयभित्र अत्यन्त प्रभावशाली व्यक्तिका रूपमा हेरिन्थ्यो । धेरैले उहाँलाई युक्रेनको ‘दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति’ का रूपमा समेत व्याख्या गर्ने गरेका थिए ।
युद्धको कठिन समयमा यर्माक राष्ट्रपति जेलेन्स्कीसँगै अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाट तथा उच्च जोखिमयुक्त विदेश भ्रमणहरूमा सहभागी हुने प्रमुख व्यक्तिमध्ये पर्नुहुन्थ्यो । विशेषगरी अमेरिका र युरोपेली मुलुकहरूको भ्रमणका क्रममा उहाँ राष्ट्रपति टोलीको अग्रपङ्क्तिमा देखिनुहुन्थ्यो ।
तर पछिल्लो भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि उहाँले नोभेम्बरमा पदबाट राजीनामा दिनुभएको थियो । त्यसयता युक्रेनभित्र युद्धकालीन भ्रष्टाचार, सरकारी पारदर्शिता र राजनीतिक उत्तरदायित्वबारे बहस तीव्र बनेको छ । रूससँगको युद्ध चलिरहेकै अवस्थामा युक्रेनमा पछिल्ला वर्षहरूमा उच्च तहका धेरै भ्रष्टाचार काण्ड सार्वजनिक भएका छन् । ती घटनाले सरकारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढाएको छ । विशेषगरी युरोपेली सङ्घ (इयु) मा सदस्यता प्राप्त गर्ने प्रयास गरिरहेको युक्रेनमाथि भ्रष्टाचार नियन्त्रण, न्यायिक सुधार र प्रशासनिक पारदर्शिता सुदृढ गर्नुपर्ने दबाब निरन्तर रहँदै आएको छ । युरोपेली साझेदारहरूले आर्थिक तथा सैन्य सहयोगलाई सुशासन र सुधारसँग जोडेर हेर्दै आएका छन् ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया