Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारनेपालमा ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

नेपालमा ८ लाख ३७ हजार नयाँ मतदाता थपिए


काठमाडौं । फागुन २१ मा हुने चुनावको लागि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्। निर्वाचन आयोगकाअनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।

जसमा पुरूष चार लाख ७३ हजार तीन सय ४५ र महिला ३ लाख ६३ हजार ७ सय ७८ रहेका छन्। अन्य ६१ रहेका छन्।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार नाै सय १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार एक सय ८० मतदाता थपिएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया