Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठमुख्य समाचारदुई थान पेस्तोलसहित एकजना पक्राउ

दुई थान पेस्तोलसहित एकजना पक्राउ


चन्द्रपुर(रौतहट), ६ मङ्सिरः

यहाँको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया