भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न
भक्तपुर, १७ जेठः भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धनमा निरन्तरता दिँदै आएको बताउनुभयो । सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उहाँले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताउनुभयो ।
दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन र लाकोलाछें त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया