राष्ट्रपति रनिङ शिल्ड कोशी छनोट प्रतियोगिता इटहरीमा
धरान (सुनसरी), १७ जेठः कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आज र सोमबार इटहरीस्थित प्रदेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोलीको सहभागिता रहने बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा करिब एक हजार ७०० खेलाडी तथा अफिसियल सहभागी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने राष्ट्रपति रनिङ शिल्डको १६औँ राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकसहित ११५ जनाको टोली राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ ।
सदस्यसचिव घोषले सीमित समय र विभिन्न चुनौतीका बाबजुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिएको बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोको अध्यक्षतामा ४८ सदस्यीय मूल समारोह समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि प्राविधिक समिति, खेलाडी उजुरी छानबिन समिति, खेलस्थल व्यवस्थापन उपसमिति, आवास तथा बसोबास उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, यातायात व्यवस्था उपसमिति, स्वास्थ्य व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति तथा प्रचारप्रसार उपसमितिलगायत विभिन्न समिति गठन गरिएको बोर्डले जनाएको छ । प्रतियोगिताका लागि करिब रु दुई करोड १० लाख खर्च हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया