बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
मलेखु (धादिङ), १८ जेठः विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिका । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामग्री छन् भने कोही मञ्चमा सानदार नृत्य देखाउँदै छन् । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राख्दै छन् । यो दृश्य धादिङको थाक्रे गाउँपालिकामा आइतबार आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को हो । यहाँका हरेकजसो दृश्य निकै लोभलाग्दो देखिन्थे । विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बने । महोत्सवमा सहभागी जनजागृति मावि, कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आत्मविश्वास बढाएको छ ।” यस्तै भनाइ थियो, कक्षा ८ मा अध्ययनरत रविना ठकुरीको ।
हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी ठकुरीले सुनाउनुभयो । महोत्सवमा थाक्रे गाउँपालिका क्षेत्रका ४२ विद्यालयबाट विद्यार्थी सहभागी थिए । विद्यार्थीहरूले बनाएका विभिन्न आकृतिमध्ये स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा सबैभन्दा आकर्षक बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवमा थप रौनक थपेको अभिभावकहरुले प्रतिकृया दिए ।
बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सवले निकै सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको भनाइ थियो । सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठूलो मद्दत पु¥याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उहाँले बताउनुभयो । महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो, “बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्नुहुँदैन ।
उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ । बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि बाटो देखाएको छ ।” जेठ १६ र १७ गते दुईदिन सञ्चालन भएको महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।
ताजा अपडेट
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया