राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव
काठमाडौँ, १८ जेठः छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो । महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका चलचित्र प्रदर्शन गरिनेछन ।
साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । —
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया