नवराजपुर गाउँपालिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण कीट हस्तान्तरण
सिरहा, ६ मङ्सिरः
लागुऔषध दुव्र्यसन नियन्त्रणमा सहयोग गर्ने उद्देश्यसहित यहाँको नवराजपुर गाउँपालिकाले प्रहरीलाई १२० थान लागुऔषध परीक्षण कीट हस्तान्तरण गरेको छ । आज नवराजपुरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत सुरक्षा निकायलाई कीट हस्तान्तरण गर्नुभएको हो ।
कीट हस्तान्तरण गर्दै अध्यक्ष यादवले समुदायमा लागुऔषध दुव्र्यसन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषधले व्यक्ति मात्र नभई परिवार र समाजलाई समेत तहसनहस बनाइदिन्छ । त्यसको दलदलमा युवाहरू फस्दै गएका छन् । यसलाई रोक्न सबै पक्ष एकताबद्ध हुन आवश्यक छ ।”
परीक्षण कीट ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँपालिकाको पहलले जिल्लामा दुव्र्यसन नियन्त्रणको अभियानलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो । “परीक्षण तथा निगरानी प्रणाली मजबुत भएपछि अनुगमन, सचेतना र कानुन कार्यान्वयन झनै प्रभावकारी बन्छ”, उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले कीटको प्रयोगले लागुऔषध प्रयोगकर्ता पहिचान गर्न सहज हुने बताउनुभयो ।
उहाँले यस्ता कीटको नियमित प्रयोगले जिल्लामा दुव्र्यसनको दर घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । दक्षिण सीमावर्ती क्षेत्रमा गाउँपालिकाले परीक्षण कीट उपलब्ध गराएपछि अब गाउँभित्र लागुऔषध सेवन तथा अवैध कारोबार नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
- बालबालिकामा कुष्ठरोगको सङ्क्रमण बढ्दो: १६ जिल्ला अझै उच्च जोखिममा
- ट्रम्पको प्राथमिकतामा इरानसँगको कुटनीति: आणविक हतियार रोक्ने अडान यथावत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया