राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
काठमाडौँ, ७ मङ्सिरः
राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको हो ।
महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी दिनुभयो । पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव÷शान्तस्वरूप धारण गर्नुहोस् र राज्यमा शान्ति कायम होस् भन्ने पावन सङ्कल्पका साथ राधाकृष्णमय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व)को उपासना गर्न सप्ताहव्यापी भागवत महायज्ञको आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । भागवत महायज्ञको पूर्वसन्ध्यामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्त्व विमर्श तथा विद्वत्सभा आयोजनासमेत गरिएको छ ।
उक्त सभामा विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादीशास्त्रका विशिष्ट प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका मूर्धन्य प्रा डा दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष तथा भागवतका कुशल प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषा साहित्यका कुशल समालोचक तथा संस्कृतका आधिकारिक विद्वान् प्रा डा ध्रुवप्रसाद भट्टराईलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागीको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया