घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने
चितवन, ७ मङ्सिरः
यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण नगर्ने नगरवासीको त्यसपछि घरजग्गा मूल्याङ्कनको सिफारिसमा रोक लगाउने, बैंकिङ कारोबारका लागि सिफारिस रोक्ने, कुनै पनि विपद्का घटनामा राहत तथा क्षतिपूर्ति लागि सिफारिस नगर्नेलगायत सेवा रोकिनेछ ।
पुस मसान्तपछि अभिलेखीकरण गर्नुपरेमा हाल लिइने शुल्कभन्दा दोब्बर राजस्व बुझाउनुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुसालले भन्नुभयो, “पालिकाले गत असारमा स्वीकृत गरेको कार्यविधिअनुसार अभिलेखीकरण गर्न हामीले सबैमा सूचित गरेका छौँ । अभिलेखीकरण नगर्दा कार्यालयबाट दिइने सेवाबाट वञ्चित बन्नुपर्ने अवस्था आउनेछ ।” घरजग्गा नक्सा पास एवं अभिलेखीकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पत्तिको विवरण प्राप्त हुने र यहाँबाट उपलब्ध सेवामा सहज पहुँच विस्तार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भौतिक सम्पत्तिको अवस्था थाहा भएपछि विकासका योजना बनाउन पनि सहज हुनेछ ।” कुनै विपद्का घटना भए वास्तविक क्षतिको विवरण लिन, राहत र क्षतिपूर्तिको सिफारिस गर्न सहज हुने, सुरक्षित आवासको अवधारणा कार्यान्वयन गर्न मार्ग प्रशस्त हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । नगरपालिकाभित्र कुनै पनि स्वीकृत नलिइ निर्माण सम्पन्न भएका घर/भवनको अभिलेखीकरण गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । भुसालका अनुसार वडामा अभिलेखीकरण गरिसकेपछि नगरपालिकाले प्रमाणीकरण गर्नेछ । दश हजारभन्दा बढी परिवार रहेको यस पालिकामा हालसम्म २१० घर अभिलेखीकरण भएका उहाँले जानकारी दिनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया