रास्वपाको महाधिवेशनमा विभिन्न पार्टीपार्टीको तर्फबाट शुभकामना
काठमाडौं, ७ असार ः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिले शुभकामना दिएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शुभकामना दिनुभयो ।
साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले पनि महाधिवेशनको सफलताको कामना गर्नुभयो ।
नेताहरूले छोटो समयमा रास्वपा राष्ट्रिय राजनीतिको मियो बन्न सफल भएकामा प्रशंसा गर्दै यस प्राप्त जनमतलाई जनअपेक्षा अनुसार पूरा गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले वर्तमान सरकारले गरेका राम्रा कामको समर्थन रहने स्पष्ट पार्नुभयो ।
ताजा अपडेट
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया