एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?
काठमाडौँ, ७ मङ्सिरः
यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।
प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुई/दुई खेल खेलेका यी टोली चार/चार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ । दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एक/एक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ ।
जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ । खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् ।
हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् । ब्याटिङमा विदेशी खेलाडी हावी हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् ।
कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए । इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् ।
त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एक/एक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् । बलिङमा केसी अगाडि हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् ।
उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् । मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चार/चार विकेट लिएका छन् ।
साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीन/तीन विकेट लिएका छन् । स्ट्राइक रेटमा जैब अब्बल चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् ।
दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् । आलमको किफायती बलिङ किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् । हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।
सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् । ५९ पटक क्याच आउट आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् ।
यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीन/तीन वटा क्याच लिएका छन् । विराटनगरको उच्च स्कोर एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो ।
त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया