अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताउनुभएको छ । टर्कीको राजधानी अङ्कारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गर्नुभयो । उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गर्नुभएको थियो । विशेषगरी इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले बारम्बार असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।
उहाँले युरोपेली राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी वहन गर्नुपर्ने धारणा दोहोर्याउँदै अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धता क्रमशः घटाउने सङ्केत पनि दिनुभयो । ट्रम्पको निरन्तर दबाबपछि गत वर्ष नाटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म पुर्याउने सहमति गरेका थिए । सन् १९४९ मा स्थापना भएको नाटोलाई अमेरिकाको नेतृत्वमा रहेको प्रमुख रक्षा गठबन्धनका रूपमा लिइन्छ । युरोपमा स्थिरता कायम राख्न, तत्कालीन सोभियत सङ्घको प्रभाव नियन्त्रण गर्न तथा अमेरिकाको विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्न यस गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया