युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चित रूपमा“ यो आक्रमणको बदला लिने बताउाुभएको छ । यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजतपत्रका लागि दबाब दिनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गर्नु भएको छ । नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उहाँले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उहाँका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गर्नु भएको छ । यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभ माथि “दबाब“ बढाउने प्रतिवद्धता गरेको छ । सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षा पछि विस्फोटको प्रतिध्वनित हुन थालेको जनाइएको छ । मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण“ भनेर वर्णन गर्नु भएको छ । युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताउनु भएको छ । रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ । आक्रमणले कूटनीतिज्ञहरू बस्ने“ भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गर्नु भएको छ । क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताउनु भएको छ ।
किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ । युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञहरूले घरेलु रूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् । युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताउनु भएको छ । आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरे पछि यो आक्रमण भएको हो । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “केही समय देखि युक्रेन विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको“ बताउनुभएको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया