जरिवाना तिर्न नसक्नेलाई सामुदायिक सेवा गराऔँ किरण केसी
काठमाडौं २८ असारः उज्यालो नेपाल पार्टीका प्रमुख कार्यकारी अधिकृत (CEO) किरण केसी ले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कानुन कडा बनाउनुपर्ने र आर्थिक रूपमा कमजोर नागरिकका लागि वैकल्पिक सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
उनले ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना मात्र समाधान नभई, आर्थिक अवस्था कमजोर भएर जरिवाना तिर्न नसक्नेहरूका लागि सामुदायिक सेवामा आधारित दायित्व पूरा गर्ने व्यवस्था गर्न सकिने धारणा व्यक्त गरे।
किरण केसीका अनुसार ट्राफिक नियम कडा हुनुपर्छ, कानुन सशक्त हुनुपर्छ र जरिवाना पनि प्रभावकारी हुनुपर्छ। तर सबै नागरिकको आर्थिक अवस्था समान नहुने भएकाले जरिवाना तिर्न असमर्थ व्यक्तिलाई ट्राफिक व्यवस्थापनमा सहयोग, सार्वजनिक सम्पत्ति सरसफाइ, सडक अनुशासनसम्बन्धी जनचेतना अभियान तथा अन्य सामाजिक सेवामा निश्चित समय खटाउने व्यवस्था गर्न सकिन्छ।
उनले भने, “पैसा हुनेले नगद जरिवाना तिरोस्, पैसा नहुनेले श्रम र सेवामार्फत आफ्नो दायित्व पूरा गरोस्। होटलमा खाएर पैसा नपुगे भाँडा माझ्नुपर्छ भनेजस्तै, नियम उल्लङ्घन गरेपछि कुनै न कुनै रूपमा जिम्मेवारी वहन गर्नैपर्छ।”
उनको भनाइमा यस्तो व्यवस्थाले कानुनको सम्मान बढ्नुका साथै नागरिकमा जिम्मेवारीबोध, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना पनि विकास हुनेछ। साथै, सार्वजनिक सरसफाइ, ट्राफिक व्यवस्थापन र जनचेतनामूलक कार्यक्रममार्फत समाजले समेत प्रत्यक्ष लाभ प्राप्त गर्ने उनले बताए।
किरण केसीले ट्राफिक व्यवस्थापनलाई दण्डमुखीभन्दा पनि जिम्मेवारीमुखी र सुधारमुखी बनाउने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।
ताजा अपडेट
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया