दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौँ, ३० असारः प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
उहाँले प्रस्तुत गर्नुभएका ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरिएको हो ।
यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक असार ३१ गते बिहान ११ः०० बजे बस्नेछ ।
ताजा अपडेट
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया