उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
नेपालगन्ज, २ साउनः उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ /८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ । शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिनुभयो ।
फर्छ्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् । न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए ।
तीमध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट हुँदा ८०९ मुद्दा चालु अवस्थामा छन् । वार्षिक कार्ययोजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको छ । विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फर्छ्यौट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८० /८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१/८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२ /८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फर्छ्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ । अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उहाँले जानकारी दिनुभयो । बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।
बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फर्छ्यौट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमल ८ प्रतिशत रहेको छ ।
ताजा अपडेट
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया