चितवन, ४ साउनः चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि रु एक लाख ३४ हजार १७६, गम्भीर घाइतको उपचारका लागि रु २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरुलाई रु ५० लाख राहत प्रदान गरिएको छ । यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत रु २३ लाख ६० हजार २००, भण्डारण गरेको अन्न क्षतिबापत रु ७० हजार, घरगोठ क्षतिबापत रु तीन लाख ३९ हजार ६५०, अन्न बाली क्षतिबापत रु २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ रु ४३ हजार ५०० राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पु¥याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया