काठमाडौँ, ४ साउन : नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ ।
कांग्रेसव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किमी दौड आयोजना गर्न लागेको जानकारी दिनुभयो । “दौड लगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ,” उपसभापपति शर्माले भन्नुभयो, “समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिनेछन्
। यसैगरी साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ । सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति ः नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सञ्चारकर्मीको जिज्ञासामा उपसभापति शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराएर जाने कुराले सार्थकता पाउने बताउनुभयो । त्यस्तै प्रदेश सरकारमा सहकार्य गर्ने बारेमा समेत छलफल भइरहेको बताउँदै उहाँले कुनै पनि संसद प्रतिपक्ष विहीन हुन नहुने उल्लेख गर्नुभयो
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया