Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठराजनीतिसंसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ, ५ साउनः सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।



तपाईको प्रतिक्रिया