Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारउद्योग समितिको बैठक बस्दै, चिनी आपूर्तिका विषयमा छलफल हुने

उद्योग समितिको बैठक बस्दै, चिनी आपूर्तिका विषयमा छलफल हुने


१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।

बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ ।

बैठकमा बजारमा चिनीको सहज आपूर्तिका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।

“स्रोत: अनलाइनखबर”



तपाईको प्रतिक्रिया