रसुवा बाढीमा सुदूरपश्चिमका झन्डै १०० नागरिक सम्पर्कविहीन
११ भदौ, धनगढी । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका झन्डै १०० नागरिक सम्पर्कविहीन भएका छन् ।
कैलाली, कञ्चनपुरसहितका जिल्लाका गरेर करीब १०० व्यक्तिहरू सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ । अहिलेसम्म ९० जना नागरिक प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको विवरण प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न प्रहरी कार्यालयमा प्राप्त जानकारीअनुसार अहिलेसम्म ९० जना सम्पर्कविहीन रहेको खुलेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, दार्चुला ३, डोटीका २, बझाङका २ र अछामका १ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
यी मध्ये ४ जना प्रहरी कर्मचारी रहेका छन् । सम्पर्कविहीन हुने प्रहरी कर्मचारीमा प्रहरी हवलदार नरेन्द्र प्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेको एसएसपी बिष्टले बताए ।
सम्पर्कविहीन हुनेमा रसुवामा विभिन्न हाइड्रो पावरमा काम गर्ने मजदुर, प्रहरी, निजामती कर्मचारी र तथा विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तलाई अनुरोध गरेको छ । अहिले सम्बन्धित व्यक्तिका आफन्तले विवरण टिपाउने काम गरिरहेका छन् । बाढीमा सम्पर्कविहीन हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।
“साभार : अनलाइन खबर”
ताजा अपडेट
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया