अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
१५ भदौ, काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् ।
जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।
आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ।साथै, उसले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ। त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दाबी गरेका छन् । यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ।जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आठवटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको उल्लेख छ।
यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ।
पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ। विशेषगरी विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती थपिन सक्ने आशंका गरिएको छ।
“साभार : अनलाइनखबर”
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया