Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारखोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो

खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो


१७ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ । खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको हो ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार उनीहरू कोरियन विमानमार्फत नेपाल आएका हुन् । उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरू आजै बाढी प्रभावित क्षेत्र जानेछन् ।

यसअघि पनि ४ जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् ।कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एक साथ खोज तथा उद्धारमा खटिने बस्नेतले बताए

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया