Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारत्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त


१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र  रजिस्ट्रार नियुक्त गरेका हुन् ।

शिक्षा मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिंदैछन् । शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

सरकारले गत वैशाखामा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति हुनसकेको थिएन ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया

ताजा अपडेट