Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठमुख्य समाचारनिर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल


मुस्ताङ, ११ मङ्सिरः

घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।

यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो । पुलको लागत रु चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।



तपाईको प्रतिक्रिया