नेपाल प्रहरीले मङ्सिरमा ४० करोड राजस्व सङ्कलन गर्यो
काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ ।
यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए ।
ताजा अपडेट
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- केही स्थानमा भारी वर्षाको सम्भावना
- अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया