मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
भद्रपुर (झापा), ५ चैतः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उहाँका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो । चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा रु चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा रु २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा रु छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा रु १० करोड ९६ लाख राजस्व सङ्कलन भएको छ । यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा रु एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा रु चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा रु १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले चालु आव २०८२/०८३ का लागि कूल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिनुभयो ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया