जनकपुरधाम, २० चैतः जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।
उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक गणना प्रदेशको आर्थिक विकासका निम्ति राष्ट्रिय नीति तर्जुमा गर्न महत्वपूर्ण हुने भएकाले सही तथ्याङ्क उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको होे ।
त्यस अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले देशको आर्थिक उन्नयनका निम्ति राज्यबाट गरिने हरेक क्रियाकलापमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएकाले सबैलाई हालेमालो गरेर अघि बढ्न आह्वान गर्नुभयो ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले तथ्यमा आधारित व्यावसायिक सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयोे । औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रमोद अग्रवालले उद्योग तथा व्यवसायका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख शिवनारायण महतोका १८ क्षेत्रलाई समेटेर असार ७ गतेसम्म गणना गरिनेछ । अघिल्लो आर्थिक गणनामा मधेस प्रदेशमा एक लाख १७ हजार ६७० प्रतिष्ठान कायम थिए ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया