काठमाडौँ, २१ चैतः श्राद्ध पद्धतिको सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पुस्तकका सम्पादक सहप्राध्यापक श्रीराम सापकोटा, पुस्तकका सङ्कलक लक्ष्मण सापकोटा, स्वमकी केशव प्रपन्नाचार्य, वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका सहप्राध्यापक उपेन्द्रप्रसाद भट्टराई, प्रा डा प्रद्युम्नविक्रम राणागायतले पुस्तक सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा समितिका पूर्वअध्यक्ष अधिकारीले शास्त्रीय विधिअनुसार वचन मिलेको पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक हुनु खुसीको विषय रहेको बताउनुभयो । पुस्तकमा केही त्रुटि पनि भेटिएकाले अर्को संस्करणमा सच्याउन उहाँले सुझावसमेत दिनुभएको थियो ।
कार्यक्रममा पुस्तकका सम्पादक सापकोटाले ९६ प्रकारका श्राद्धमध्ये अहिले कतिपय लोप भइसकेको सुनाउनुभयो । शास्त्रमा भएका श्राद्धसम्बन्धी विषयलाई पुस्तकमा समेटिएको जानकारी पनि उहाँले गराउनुभएको थियो ।
पुस्तकमा देखिएका अशुद्धिलाई आगामी दिनमा कमी गर्दै लैजाने प्रतिबद्धता पनि सम्पादक सापकोटाको थियो । स्वामी केशव प्रपन्नाचार्यले डर, कर र अरूले के भन्छन् भनी नभई श्रद्धाले युक्त भएर श्राद्ध गरिनुपर्ने बताउनुभयो ।
सहप्राध्यापक भट्टराईले मुण्डनादि श्राद्धका नियम कति लागू भए भनी खोजीको विषय हुनुपर्ने बताउनुभयो ।
ताजा अपडेट
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
- बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान
- दिल्ली होटल आगलागी : २१ को मृत्यु
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया