Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठकला/साहित्य/मनोरञ्जनसंगीत क्षेत्र शोकमा: गायक प्रशान्त तामाङको निधन

संगीत क्षेत्र शोकमा: गायक प्रशान्त तामाङको निधन


काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

इन्डियन आइडलको उपाधि जितेपछि तामाङ नेपालमा अत्यन्तै चर्चित बनेका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ लोकप्रिय छन्।

संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए।

तामाङको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ।



तपाईको प्रतिक्रिया