पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो।
काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन्।
सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखेका हुन्। भेरी र कर्णाली नदी मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गाउँ हो।
पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पूस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतिपूर्ण भोगाई समेटेका छन्।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए। यसका लागि स्कुलमा पनि घाटगाउँ पूस्तक सार्वजनिक गरिएको उनको भनाई छ।
‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाई इमान्दार रुपमा पूस्तकमा लेखेको छु’ उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पूस्तकको भोगाई आफ्नो लाग्छ। त्यसैले पूस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु।’
विद्यार्थी र युवाअवस्थामा चिया खाँदै देखेका सपना र त्यसलाई पछ्याउँदै संघर्ष गर्दाको क्षण चियापसलमा भेटिने हरेक युवाको साझा भोगाई रहेको भन्दै उनले चियापसलमै पुस्तक सार्वजनिक गरेको पनि बताए।
‘एक कप चिया पिउँदै देखेको सपना र संघर्ष अनि सपना पूरा गरेपछि पनि साथीहरुसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ’ उनले भने ‘काठमाडौँका हरेक चियापसलमा देखिने युवाहरूमध्ये म पनि एउटा हुँ। त्यसैले पनि चियापसलमै पुस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ।’
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया