एजेन्सी । जापानको राजधानी शहर टोकियोमा महँगी बढेको छ । आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११० पुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुको मूल्य ६.९ प्रतिशतले बढेको छ ।
मुख्यगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ तारिखदेखि बालबालिका स्याहार शुल्क मिनाहा गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।
टोकियोको मूल्य सूचकाङ्कलाई जापानभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतका रूपमा लिइन्छ । तर सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अर्को महिना अक्टोबर २४ मा सार्वजनिक हुनेछ ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया