भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
एजेन्सी । भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ पर्नुभएको छ । उहाँलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा लगाइएको छ । हिजो सोनम पक्राउ परेसँगै लद्दाखको लेहमा इन्टरनेट सेवा बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । गलत सूचना फैलनबाट रोक्न इन्टरनेट सेवा बन्द गरिएको हो ।
लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच गएको बुधवार हिंसात्मक झडप भएको थियो । घटनामा चार जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उहाँलाई जिम्मेवार ठहर्याएको छ ।
झडपपछि उहाँले अनशन तोड्नुभएको थियो । भारतको गृह मन्त्रालयले सोनमले नेपालमा हालै भएको जेन–जी आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप समेत लगाएको छ । भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ । सन् २०१८ मा र्यामोन म्यागसेसे पुरस्कार पाएका अभियन्ता सोनमले केन्द्र सरकारले लगाएका सबै आरोपलाई अस्वीकार गर्नुभएको छ ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया