डिजेल र मट्टीतेलको घट्यो मूल्य
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले भाउ घटाएको हो ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एक ४५ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार १५ अमेरिकी डलर पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने घटबढ भएको छैन ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया