सुदूरपश्चिममा सीमान्तकृत समुदाय लक्षित आयमूलक कार्यक्रम
सुदूरपश्चिम, १५ मङ्सिरः सुदूरपश्चिम प्रदेश सरकारले एकल महिला, अपाङ्गता भएका, मुक्त कम्लहरी, सीमान्तकृत समुदाय लक्षित गरेर आयमूलक कृषि कार्यक्रम सुरु गरेको छ । कैलालीमा यो कार्यक्रमका लागि किसानहरु छनोट गरी काम अघि बढाइएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले जानकारी दिनुभयो । प्रदेशका अन्य जिल्लामा पनि कार्यक्रम कार्यान्वयनको चरणमा छ ।
कार्यक्रमअन्तर्गत परिचयपत्र प्राप्त इच्छुक एकल महिला, अपाङ्गता भएका तथा विपन्न, मुक्त कम्लहरीलाई जनही रु १५ हजार बराबरको कृषि कार्य गरेबापत भुक्तानी कृषि ज्ञान केन्द्रमार्फत उपलब्ध गराइने जनाइएको छ । “कार्यक्रममा तरकारी र च्याउखेती, मौरीपालन, रैथाने थारू आलुखेती गर्ने किसानलाई समेटेका छौँ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “छनोटमा परेका किसानले रु १५ हजारभित्र रहेर कृषि कार्य गर्नुपर्ने छ, कामको अनुगमन निरीक्षणपछि रकम भुक्तानी गरिने छ ।”
यो कार्यक्रमका लागि जिल्लामा २०० किसान छनोट भएका छन् । चालु वर्षमा जिल्लाभरि यस्ता ४०० किसानलाई समेटेर आयमूलक कृषि गराउने सरकारको लक्ष्य छ । चालु वर्षमा यो कार्यक्रममा लागि कैलालीमा मात्रै रु ६० लाख बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीसहित सबै जिल्लामा कार्यान्वयन हुन लागेको यो कार्यक्रमबाट एकल महिला, मुक्त कम्लहरीलगायत सीमान्तकृत समुदायको आयआर्जन बढ्ने विश्वास गरिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक स्थानीय तह दुई उत्पादन’को नीति लिएको छ । यो नीतिबमोजिम प्रदेशका सबै ८८ स्थानीय तहमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यो कार्यक्रमका लागि कृषितर्फ रु ४० लाख र पशुपालनतर्फ रु ४० लाख गरी प्रत्येक स्थानीय तहका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तीमा एक उत्पादन होस् भन्ने उद्देश्यले सबै स्थानीय तहलाई समान बजेट विनियोजन गरिएको जनाइएको छ ।
कार्यक्रम कार्यान्वयनको सिलसिलामा कैलालीका सबै १३ पालिका तहमा छुट्टाछुट्टै बालीको खेती गर्न सम्झौता भएर काम सुरु भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताउनुभयो । कृषक, कृषक समूह, सहकारीमार्फत यो कार्यक्रम कार्यान्वयनमा आएको हो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया