जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं। गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीहरूमाथि प्रश्नसहित दायर रिटलाई खारेज गर्ने आदेश जारी गरेको हो ।
अधिवक्ता विपीन ढकालले आयोगका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनको निष्पक्षता प्रश्नसहित रिट हालेका थिए। उनले आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई पनि प्रतिवादी बनाइएको थियो ।
सर्वोच्चको पूर्ण इजलासले आयोगलाई निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको हो । यससँगै आयोगलाई छानबिन प्रक्रिया र बयानलाई अन्तिम रुप दिन सहज भएको छ।
यो रिटमा गत कात्तिक ९ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश दिएको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया