गगन थापाको प्रस्ताव: ३० वर्षमुनिका युवालाई पनि केन्द्रीय समितिमा स्थान दिनुपर्छ
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवाहरूलाई पार्टी केन्द्रीय समितिमा ल्याउन प्रस्ताव गरेका छन्।
महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमा ३० वर्षमुनिका युवाहरूलाई पार्टी केन्द्रीय समितिमा ल्याउनुपर्ने समेटिएको छ।
विधान संशोधनका विषयहरूमा युवालाई केन्द्रीय समितिमा स्थान सुनिश्चित गर्नेदेखि चुनावमा उम्मेदवार सिफारिस गर्ने भिन्न तरिकासमेत रहेको छ।
‘नयाँ परिस्थितमा पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउँदै नेतृत्व चयन र निर्णय प्रक्रियामा सदस्यको निर्णयक भूमिका स्थापित गर्न, तहगत प्रतिनिधि र नेतृत्व चयन प्रक्रियाको विधि र संरचना, उम्मेदवार चयनमा प्राइमरीको व्यवस्था, भ्रातृ तथा शुभेच्छुक संस्था सञ्चालन, प्रदेश कार्यसमितिको अधिकार र जिम्मेवारी, पार्टी प्रवेश र जिम्मेवारी र शासकीय पदको अवधि, ल्याटरल इन्ट्री र जरैदेखि समावेशीता, पार्टीको संरचनागत परिवर्तन लगायतका दर्जनौं विषयमा सघन छलफल गरी विधानको संशोधन गर्नुपर्नेछ,’ महामन्त्री थापाको भनाइ छ।
यसको तयारी गर्न विधान संशोधन मस्यौदा समिति बनाउन पनि थापाले कात्तिक १८ गतेको केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए।
महामन्त्री थापाले प्रस्ताव गरेअनुसार पार्टीका सबै तहको नेतृत्व अनिवार्य तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्नेछ।
पार्टीको केन्द्रीय समितिदेखि विभिन्न तहमा हरेक क्षेत्रका विज्ञ, पेसा र विधागत प्रतिनिधित्वको लागि छुट्टै निश्चित संख्याको अनुपातमा कलस्टरको व्यवस्था गर्न पनि थापाले प्रस्ताव गरेका छन्।
क्रियाशील सदस्यले स्थानीय तहको नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनोट गर्दा नै आफ्नो क्षेत्रबाट कम्तिमा एक महिला, एक युवासहित विभिन्न कलष्टरका व्यक्तिमध्ये आफूले आगामी निर्वाचनमा उम्मेदवारको रूपमा छनोट गर्न चाहेका व्यक्तिलाई संभाव्य उम्मेदवारको रूपमा प्राथमिकीकरण गरेर सूचीकृत गर्नुपर्ने प्रस्ताव पनि महामन्त्री थापाको छ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया