मधेश सरकारमा उथलपुथल,नयाँ मुख्यमन्त्रीमा यादव नियुक्त
मधेश सरकारमा उथलपुथल,नयाँ मुख्यमन्त्रीमा यादव नियुक्
काठमाडौं: मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादवलाई नियुक्त गरिएको छ ।
यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास सिन्धुलीको सिमानास्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
संविधानको धारा १६८(३) बमोजिम संसद्को ठुलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा मा नियुक्त गरिएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री यादवलाई पानस होटल बर्दिवासमा चयन गरि सपथ ग्रहण समेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी र राप्रपाकी सांसद कन्चन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।
प्रदेश प्रमुख भण्डारी बिरामीको कारण देखाउँदै रातारात जनकपुरबाट काठमाडौँका लागि हिँड्नु भएको थियो । उहाँ बिरामी भएको थाहा पाएर मधेश भवनबाट बाहिरिदा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिएर सोमवार बिहानै ४ बजे बिदाइ गर्नुभएको थियो ।
यता प्रदेश प्रमुख भण्डारी बाटोमा बर्दिवासको कालापानी स्थित होटल पानस कटेजमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको नियुक्ती र शपथ समेत गराउनु भएको हो ।
विश्वासको मत नपाउने भएपछि कात्तिक २२ गते मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया