गगन थापाको दाबी: फागुन २१ गते चुनाव हुनेमा द्विविधा छैन,कांग्रेसलाई सफल बनाइन्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गरेका हुन् ।
पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको महामन्त्री थापाको भनाइ छ ।
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संविधानलाई सही मार्गमा ल्याउने यही एकमात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल २१ फागनुको निर्वाचनको विषयमा नभएको थापाको भनाइ छ । ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’, उनले लेखेका छन् ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया