Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठमुख्य समाचारराष्ट्रिय एआई केन्द्र स्थापना

राष्ट्रिय एआई केन्द्र स्थापना


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरे। सोही क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट शुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए।

एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको उनको भनाइ छ। मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश र रोजगारी लगायतका विषयलाई एआईले समेट्ने समेत दावी गरे।



तपाईको प्रतिक्रिया