Techie IT
  • आईतबार, फागुन १७, २०८२ / Sunday, March 1, 2026
गृहपृष्ठअन्तरवार्तापेरुमा उद्धार उडानका क्रममा सैन्य हेलिकप्टर दुर्घटना: ७ बालबालिकासहित १५ को मृत्यु

पेरुमा उद्धार उडानका क्रममा सैन्य हेलिकप्टर दुर्घटना: ७ बालबालिकासहित १५ को मृत्यु


 पेरुको अरेक्विपा क्षेत्रमा बाढी प्रभावितहरूको उद्धारमा खटिएको एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। मुसलधारे वर्षा र बाढीका कारण सङ्कटमा परेकाहरूको खोजी र राहतका लागि उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद भई हेलिकप्टर दुर्घटनामा परेको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा चालक दलका चार सदस्य र ११ जना यात्रु रहेका छन्, जसमा सात जना निर्दोष बालबालिका समेत परेका छन्। लेदोसहितको पहिरो र नदीमा आएको ठूलो बाढीले उक्त क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि सैन्य टोली उद्धार कार्यमा परिचालन गरिएको थियो।

यसैबीच, स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीले बगाएर एक वृद्धा र चट्याङ लागेर एक पुरुषको पनि मृत्यु भएको छ। बाढीले घरहरू क्षतिग्रस्त तुल्याई बसोबास नै असम्भव बनाएपछि अरेक्विपाका स्थानीय अधिकारीहरूले केन्द्र सरकारसँग तत्काल थप सहयोग र राहतको अपिल गरेका छन्।



तपाईको प्रतिक्रिया

ताजा अपडेट