Techie IT
  • आईतबार, फागुन १७, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठमुख्य समाचार३९ जना मतदाताका लागि हिउँसँग लडाइँ: मुस्ताङ-डोल्पा सडक खनेर साङ्तामा चुनाव गराइँदै

३९ जना मतदाताका लागि हिउँसँग लडाइँ: मुस्ताङ-डोल्पा सडक खनेर साङ्तामा चुनाव गराइँदै


हिमाली जिल्ला मुस्ताङमा निर्वाचनको उत्साह कति छ भन्ने एउटा रोचक उदाहरण साङ्ता गाउँमा देखिएको छ। मुस्ताङको सबैभन्दा दुर्गम र ढिलो पत्ता लागेको गाउँ भनेर चिनिने वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्रसम्म चुनावी टोली पुर्‍याउन ४ महिनादेखि हिउँले पुरिएको सडक खन्न सुरु गरिएको छ।

४ महिनापछि खुल्दै मुस्ताङ-डोल्पा सडक

गएको कात्तिक १० गते परेको भारी हिमपातका कारण यो सडक पूर्ण रूपमा अवरुद्ध थियो। समुन्द्री सतहदेखि ४ हजार ५०० मिटरको उचाइमा रहेको साङ्ता जाने बाटो खुलाउन वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको नेतृत्वमा हिउँ पन्छ्याउने कार्य सुरु भएको हो। मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर–पश्चिमतर्फ पर्ने यो क्षेत्र मुस्ताङ र डोल्पा जोड्ने नाका समेत हो।

३९ मतदाताको अमूल्य मत

साङ्ता गाउँमा जम्मा ३९ जना मतदाता रहेका छन्। मतदाताको संख्या कम भए पनि उनीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न र चुनावी कर्मचारी तथा सामग्री सुरक्षित रूपमा पुर्‍याउन प्रशासन र स्थानीय तहले हिउँ पन्छ्याउने कार्यलाई प्राथमिकता दिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट