नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
बैतडी, २९ फागुन : बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइन प्रवेश गरेको छ । रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो । जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले तीन विकेट हात पारे । यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रणशैनी १९.३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे । बलिङमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन–तीन विकेट झारे । अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ दी म्याच चुनिए । पञ्चकोटी युवा क्लबको आयोजनामा यही फागुन २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता छ । आगामी चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ६५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो । —
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया